कान्तिपुर वेबसाईट
Advertisement
Advertisement
१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

मधेश आन्दोलनको १८ वर्ष : शिक्षा र स्वास्थ्यमा न्यून सुधार, जनस्तरमा छैन बहार

मधेश प्रदेशकी शिक्षामन्त्री रानीकुमारी तिवारीले गरिबी, बेरोजगारी, स्वास्थ्यलगायतका समस्या शिक्षासँगै जोडिए पनि आफ्नै मन्त्रालयको बजेट ६ प्रतिशत मात्र रहेको गुनासो गर्दै आएकी छन् । उनीसँग अर्को गुनासो पनि छ, ‘शिक्षाको गुणस्तर, स्तरोन्नति र अनुकूल वातावरण बनाउन विनियोजित बजेट खर्चिन कर्मचारीले चासो देखाउँदैनन् । बरू, शिक्षाको पूर्वाधारमा राखिएको बजेट खर्च गर्न हौसिन्छन् ।’

जनशक्ति अभावले कर्णाली अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा ठप्प

जनशक्ति अभावले प्रदेश अस्पताल सुर्खेतमा सुरु भएको मिर्गौला प्रत्यारोपण सेवा ६ महिनादेखि ठप्प भएको छ । गत असार २६ गते दुई जनाको सफल मिर्गौला प्रत्यारोपण भएपनि त्यसयता प्रदेश अस्पतालमा यो सेवा अवरुद्ध छ ।

उत्तर-दक्षिण कोशी राजमार्ग खुल्यो

सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथांका सडक खण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।

सीमा विवाद नसुल्झिँदा तीन नगरको आम्दानी गुम्दै

चन्द्रपुर नगरपालिकाले २०७८ माघमा बागमती नदीको गिट्टी, बालुवा, ढुंगा निकासीको ठेक्का लगायो । नदीको दक्षिणी नाकामा चन्द्रपुरले ठेक्का लगाएपछि सर्लाहीको बागमती नगरपालिकाले उठाउनै दिएन । केही परबाट निकासी गर्न थालेपछि चन्द्रपुरलाई अर्को बृन्दावन नगरपालिकाले आफ्नो क्षेत्र भनेर त्यहाँ पनि रोक्ने प्रयास गर्‍यो । त्यसयता सुरु भएको चन्द्रपुर, बागमती र बृन्दावन नगरपालिकाबीचको सीमा विवाद अझै सुल्झिएको छैन । विवाद मिल्न नसकेपछि चन्द्रपुरले नदीजन्य बस्तुको तीन वर्षदेखि ठेक्का लगाउन सकेको छैन ।

Yoga balances the body and mind: First President Yadav

योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताएका छन् । 

The process for water supply at the minister's residence has started

मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू

ललितपुरको भैँसेपाटीस्थित सङ्घीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू भएको छ । सङ्घीय सरकार खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको हो । 

Government is trying to impose autocratic rule by ordinance: Opposition

सरकारले अध्यादेशबाट निरंकुश शासन लाद्न खोज्दै छ : विपक्षी दल

संसद् छलेर अध्यादेशमार्फत जनतामा निरंकुश शासन लाद्न खोजेको आरोप प्रतिपक्षी ७ दलले सरकारमाथि लगाएका छन् । उनीहरूले संघीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल बोलाउन पनि माग गरेका छन् । 

Delay in registration of supplementary case for lack of initial file regarding Supreme Cooperative

सुप्रिम सहकारीसम्बन्धी सुरुको फाइल नहुँदा पूरक मुद्दा दर्तामा ढिलाइ

सुप्रिम सहकारी ठगीसम्बन्धी रूपन्देही जिल्ला अदालतमा दर्ता भएको सुरु मुद्दाको सक्कल फाइल अदालतमा नहुँदा शुक्रबार पनि पूरक मुद्दा दर्ता हुन सकेन । जिल्ला सरकारी वकिल कार्यालयले थप अभियोजन र पूरक मुद्दासँगै दर्ता गर्ने गरी बिहीबारकै लागि तयारी गरेको थियो । समय अभावले पूरक अभियोजनको फाइल बिहीबार पुग्न सकेन । 

Opinion to prosecute 14 more including Ravi and Chitwan in Chitwan co-operative fraud

चितवनको सहकारी ठगीमा रवि र छविसहित थप १४ विरुद्ध मुद्दा चलाउन राय

साहारा चितवन बहुद्देश्यीय सहकारीको बचत ठगीमा रवि लामिछाने, छविलाल जोशीलगायत १४ व्यक्ति र ७ कम्पनीविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । 

Driving License Eligibility Test

Province News
Cultural tourism and agriculture fair is over

सांस्कृतिक पर्यटन तथा कृषि मेला सकियो

डम्बरसिं राई

‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’को अवसरमा आयोजित सांस्कृतिक पर्यटन तथा कृषि मेला समापन भएको छ ।

North-South Koshi Highway opened

उत्तर-दक्षिण कोशी राजमार्ग खुल्यो

रासस

सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथांका सडक खण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।

One person died after being attacked by an elephant

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु 

अर्जुन सुवेदी

मोरङको सुन्दरहरैँचामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार राति छावासहित बस्ती पसेको हात्तीको आक्रमणबाट सुन्दरहरैंचा नगरपालिका–८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको मृत्यु भएको हो ।

Half Yearly Review of Koshi State Government: Instructions by Chief Minister to speed up performance

कोशी प्रदेश सरकारको अर्धवार्षिक समीक्षा: मुख्यमन्त्रीद्वारा कार्यसम्पादनमा तीव्रता ल्याउन निर्देशन

कान्तिपुर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको कार्यसम्पादनमा तीव्रता ल्याउन विभिन्न निर्देशन दिएका छन् ।

Pankhukhola bridge in Madhyapahari has been standing for 8 years

मध्यपहाडीको पङ्खुखोला पुल ८ वर्षदेखि अलपत्र

डम्बरसिं राई

मध्यपहाडी लोकमार्ग अन्तरगत पङ्खुखोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र ९ निर्मलीडाडााको बीचमा निर्माण कम्पनीले ठेक्का लिएर काम नगरेपछि अलपत्र परेको हो ।

Koshi highway blocked due to landslides

सुख्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

दीपेन्द्र शाक्य

कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको  भोटखोला गाउँपालिका-३ सोम्बुङ डाँडामा सुख्खा पहिरो खसेको छ ।

कोशी बाट थप

अहिलेको सरकार सही बाटोमा हिँडिरहेको छैन : सभापति यादव

विनय आजाद

जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष एवं संघीय संसद‍्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले अहिलेको सरकार सही बाटोमा नहिँडेको आरोप लगाएका छन् ।

Three cities are losing income due to unresolved border disputes

सीमा विवाद नसुल्झिँदा तीन नगरको आम्दानी गुम्दै

शिव पुरी

चन्द्रपुर नगरपालिकाले २०७८ माघमा बागमती नदीको गिट्टी, बालुवा, ढुंगा निकासीको ठेक्का लगायो । नदीको दक्षिणी नाकामा चन्द्रपुरले ठेक्का लगाएपछि सर्लाहीको बागमती नगरपालिकाले उठाउनै दिएन । केही परबाट निकासी गर्न थालेपछि चन्द्रपुरलाई अर्को बृन्दावन नगरपालिकाले आफ्नो क्षेत्र भनेर त्यहाँ पनि रोक्ने प्रयास गर्‍यो । त्यसयता सुरु भएको चन्द्रपुर, बागमती र बृन्दावन नगरपालिकाबीचको सीमा विवाद अझै सुल्झिएको छैन । विवाद मिल्न नसकेपछि चन्द्रपुरले नदीजन्य बस्तुको तीन वर्षदेखि ठेक्का लगाउन सकेको छैन ।

The financial powers given to the Vice-Chancellor and Registrar were taken away

उपकुलपति र रजिस्ट्रारलाई दिइएको आर्थिक अधिकार खोसियो

अवधेशकुमार झा

राजनीतिक द्वन्द्वका कारण अस्तव्यस्त बनेको सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयको समस्या झनै बल्झिने भएको छ ।

There is no choice but to fight to be freed from the life of slavery: Upendra Yadav

दासत्वको जीवनबाट मुक्ति पाउन लड्नुको विकल्प छैन : उपेन्द्र यादव

कान्तिपुर संवाददाता

माघ ५ अर्थात् आजकै दिन २०६३ सालमा मधेश आन्दोलनका क्रममा पहिलोपटक सिरहाको लहानमा रमेश महतोको माओवादी कार्यकर्ताको गोली लागी ज्यान गएको थियो । त्यसपछि मधेशभर आन्दोलन चर्कियो । त्यसयता आजको दिनलाई मधेश केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन् । यसै विषयमा केन्द्रित रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कान्तिपुरका विनय आजादले गरेको कुराकानी  :

Upendra Yadav laying wreath on the martyrs of Madhesh movement

मधेश आन्दोलनका सहिदको सालिकमा उपेन्द्र यादवद्वारा माल्यार्पण

विनय आजाद

मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहितका सहिदहरूको सालिकमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले माल्यार्पण गरेका छन् । 

Dispute over acquisition of land for fun park in Bardibas

बर्दिबासमा फनपार्कको जग्गा प्राप्तिमा विवाद

सुनिता बराल

बर्दिवास नगरपालिकाले गौरवको योजनाअन्तर्गत अघि सारेको रामजानकी फनपार्क निर्माणको जग्गा प्राप्तिको काम विवादित बनेको छ ।

मधेस बाट थप
Good luck campaign to motorcyclists

मोटरसाइकल चालकलाई शुभयात्रा अभियान

रासस

सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभयात्रा अभियान  सुरु गरेको छ । भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले संयुक्त रुपमा अभियानको शुभारम्भ गरेका हुन् । 

Eight Kilo Accident: Lamosanghu-Jiri road blocked demanding compensation

आठ किलो दुर्घटना :  क्षतिपूर्ति माग्दै लामोसाँघु-जिरी सडक अवरुद्ध

अनिश तिवारी

ट्रकको ठक्करबाट लिसंखुपाखर गाउँपालिका-७ डाँडापाखारका दावा छिरिङ तामाङको मृत्यु भएपछि स्थानीयबासी आन्दोलित बनेका छन् । तामाङको मृत्युपछि आक्रोसित बनेका उनीहरूले लामोसाँघु-जिरी सडक अवरुद्ध पारेका हुन् ।

Potato farmers of Shailung waiting for snow

हिउँपानी पर्खंदै शैलुङका आलु किसान

केदार शिवाकोटी

शैलुङ गाउँपालिका–८ कालापानी की सञ्चिता केसीको बारीमा आलु रोप्ने चटारो छ । आलु रोप्न व्यस्त उनी आकाश हेर्दै हिउँपानी पर्छ कि भनेर छिनछिन्मा माथितिर हेर्छिन् । माघको पहिलो साता बित्न लाग्यो । जिल्लामा एक झर्को पानी र हिउँ भने परेको छैन ।

One dead, two injured in a collision with a cargo truck in Sindhupalchowk

सिन्धुपाल्चोकमा मालवाहक ट्रकको ठक्करबाट एकको मृत्यु, दुई घाइते

अनिश तिवारी

दोलखाबाट काठमाडौं जाँदै गरेको मालवाहक ट्रकले शुक्रबार मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

352 gadials were found in Rapti and Narayani rivers

राप्ती र नारायणी नदीमा ३ सय ५२ घडियाल भेटिए

रासस

राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा घडियाल गोही भेटिएका हुन् ।

16 percent budget expenditure of Wagmati state government till January

पुससम्म वाग्मती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

कान्तिपुर संवाददाता

वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए । 

वाग्मती बाट थप
Road quality measuring machine in Bensi Sahar

बेंसीसहरका सडकमा गुणस्तर नाप्ने मेसिन

आश गुरुङ

बेंसीसहर नगरपालिकाले सडकलगायत विकास निर्माणको गुणस्तर नाप्न कोर कटिङ मेसिन प्रयोग गर्न सुरु गरेको छ ।

Death certificate and birth certificate at home

घरदैलोमै मृत्युदर्ता र जन्मदर्ताको प्रमाणपत्र

हरिराम उप्रेती

सहिद लखन गाउँपालिका–८ को वडा कार्यालयले जन्मदर्ता र मृत्युदर्ताको प्रमाणपत्र घरदैलोमै उपलब्ध गराउन थालेको छ ।

Driver dies in jeep accident

जीप दुर्घटनामा चालकको मृत्यु

घनश्याम खड्का

म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना ग्रस्त भएको थियो । दुर्घटनामा परी चालक सोही ठाउँका ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो ।

Pedestrian dies after being hit by a bus

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

नारायण शर्मा

कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर सदासंकरको शुक्रबार साँझ मृत्यु भएको हो ।

A warm welcome to the senior citizens of Masyangdi Rural Municipality

मस्याङ्दी गाउँपालिकाका ज्येष्ठ नागरिकलाई न्यानो सिरक

आश गुरुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले ८४ वर्ष माथिका ज्येष्ठ नागरिकलाई जाडोयाममा न्यानो कपडा (सिरक) उपलब्ध गराएको छ । वडा कार्यालयबाट संकलित विवरणअनुसार गाउँपालिकाले वडा कार्यालय, गाउँटोलमा ज्येष्ठ नागरिकलाई बोलाएर न्यानो सिरक उपलब्ध गराएको हो ।

The village was filled with dust from the road

सडकको धुलोले गाउँ नै फुस्रो

प्रकाश बराल

बागलुङ नगरपालिका–७ विश्वकर्मा माध्यामिक विद्यालय पढ्न आइपुग्दा विद्यार्थी धुलाम्मे हुन्छन् । विद्यालयको बरन्डा र खेल मैदानमा बस्दा पनि धुलोले सताउँछ । क्यान्टिनमा पानी र खाजा समेत शुद्ध खान पाउने स्थिति छैन । गत असोजदेखिनै धुलोले विद्यालय प्रभावित बनेको हो ।

गण्डकी बाट थप
Death of a young man due to gunshots: The police stopped the cremation and started an investigation

गोली लागेर युवकको मृत्यु : दाहसंस्कार रोकेर प्रहरीले थाल्यो अनुसन्धान

दुर्गालाल केसी

जंगलमा सिकार खेल्न गएका बेला गोली लागेर दाङमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका-२ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।

The government is involved in political corruption: Maoist Vice President Bhusal

सरकार नीतिगत भ्रष्टाचारमा लाग्यो : माओवादी उपाध्यक्ष भुसाल

गगनशिला खड्का

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले सरकार नीतिगत भ्रष्टाचारमा लागेको आरोप लगाएकी छन् ।

Tourism and Cultural Maghe Fair begins in Dang

दाङमा पर्यटन तथा सांस्कृतिक माघे मेला सुरु

दुर्गालाल केसी

घोराहीमा शनिबारदेखि प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला सुरु भएको छ।

Dialysis service starting at Prithvichandra Hospital

पृथ्वीचन्द्र अस्पतालमा डायलासिस सेवा सुरु हुँदै

नवीन पौडेल

पृथ्वीचन्द्र जिल्ला अस्पताल पश्चिम नवलपरासीमा मिर्गौलाको डायलासिस सेवा सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै उपकरण र जनशक्ति उपलब्ध गराएर पनि ठाउँ अभावको कारण सेवा संचालन हुन सकेको थिएन् । 

A laborer died due to the beating of his friend in Siari of Rupandehi

रूपन्देहीको सियारीमा साथीको कुटाइबाट मजदुरको मृत्यु

घनश्याम गौतम

इँटा उद्योगमा काम गर्ने मजदुरको आफ्नै साथीको कुटपिटबाट मृत्यु भएको छ । सियारी गाउँपालिका–७ हिरागञ्जमा रहेको न्यू कामना इँटा उद्योगमा कार्यरत भारतीय नागरिकको मृत्यु भएको हो ।

15 lakh 70 thousand rupees found in the bag of a cyclist

साइकल यात्रीको झोलामा भेटियो स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँ

मनोज पौडेल

भैरहवा-तौलिहवा सडक खण्डस्थित मायादेवी गाउँपालिका-६ डुमरा चोक नजिकैबाट बिहीबार साँझ साइकल यात्रीको झोलाबाट स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

लुम्बिनी बाट थप
Due to lack of dialysis services, Karnali patients are suffering

डायलासिस सेवा नहुँदा कर्णालीका बिरामी मर्कामा  

डीबी बुढा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जडान गरिएको डायलासिस मेसिन सञ्चालनमा नआउँदा बिरामीहरु मर्कामा परेका छन् । उनीहरु डायलासिस गराउन सुर्खेत,नेपालगन्ज, काठमाडौंका अस्पतालहरुमा जान बाध्य छन् । 

Exploration of petroleum products: The technical team returned to China with samples

पेट्रोलियम पदार्थ अन्वेषण : नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

रासस

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै निस्किएको नमुना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ ।

Snow in Lake, Rain in Bessie

लेकमा हिमपात, बेसीमा वर्षा

डीबी बुढा

जुम्लाको लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण लेकाली क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ । बेसी क्षेत्रमा भने वर्षा भइरहेको छ ।

The dilapidated Salyan prison has five times more inmates than its capacity

जीर्ण सल्यान कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

विप्लव महर्जन

जिल्लाको जीर्ण तथा साँघुरो कारागार भवनमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी राखिएको छ । सम्बन्धित निकायले नयाँ भवन नबनाएपछि कारागारको जीर्ण तथा साँघुरो भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्न बाध्य भएको कारागार स्रोतले जनाएको छ ।

Maghi Mela was celebrated in Pokhara in Rukum East [Photos]

रुकुमपूर्वको पोखरामा मनाइयो माघी मेला [तस्बिरहरु]

महेश केसी

माघ १ गते खाजा–तरुल खाएर संक्रान्ति मनाएपछि सिस्ने गाउँपालिका–३ पोखरामा २ गतेको दिन भने सानीभेरी नदी किनार गएर कपडाको पुतली (खेलौना, जसलाई बेहुली भनिन्छ) बनाएर जलाउने अनौठो चलन छ । जसअनुसार बुधबार पोखरामा भव्य माघी मेला आयोजना गरिएको छ । दिउँसो गाउँबाट बाजागाजासहित ठूलो समूह गाउँ नजिकै रहेको भेरी नदी पुग्यो ।

Farmers of Bagchaur in Salyan earn more than 30 lakhs annually from the sale of oranges

सल्यानको बाग्चौरका किसान सुन्तला बिक्रीबाटै वार्षिक ३० लाख बढी भित्र्याउँछन्

विप्लव महर्जन

बाग्चौर नगरपालिका–९ डाँगीगाउँका ६३ वर्षीय भरतनाथ योगीले गत वर्ष ३५ लाखको सुन्तला बिक्री गरे । यस वर्ष पनि त्यत्तिकै हाराहारीमा सुन्तला बिक्री गर्ने उनको लक्ष्य छ ।

कर्णाली बाट थप
Man found dead in Darchula

दार्चुलामा पुरुष मृत फेला

मनोज बडू

दुहु गाउँपालिका–५ सुतखोला थाममा शनिबार एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । 

\

‘जसले हरियो पात देखायो उइ माइती’

मेनुका ढुंगाना

‘जसले हरियो पात देखायो उइ माइती’ यो टुक्का सुदूरपश्चिममा चर्चित छ । छोरीचेलीका लागि माघ महिना लागेसँगै यसले माइती सम्झाउने गर्छ । हरियो पातमा बाबर ( सेलरोटी), पुरी राखेर छोरी बहिनीको घरमा पुर्‍याउन जाने र टाढा भएकाहरूलाई माइतीमा बोलाएर खानेकुराका विशेष परिकार बनाएर खुवाउने चलन सुदूरपश्चिममा छ ।

When Bhim Rawal reached Dhangadhi, slogans were raised against UML President Oli

भीम रावल धनगढी पुग्दा एमाले अध्यक्ष ओलीविरुद्ध नाराबाजी

अर्जुन शाह

एमालेबाट निष्कासित भएपछि पहिलो पटक गृह प्रदेश सुदूरपश्चिम आएका भीम रावल शुक्रबार धनगढी विमानस्थलमा पुग्दा भेला भएका कार्यकर्ताहरूले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरेका छन् । 

Repair of Nepal-India border post started

नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु

रासस

कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । बिहीबार कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको उपस्थितिमा नेपाल र भारतका सुरक्षा निकायको सहभागितामा सीमास्तम्भ मर्मत सुरु गरिएको हो ।

Locals are happy after the budget on the expressway

द्रुतमार्गमा बजेट परेपछि स्थानीयमा खुसियाली

मोहन शाही

सुदूरपश्चिमका चार पहाडी जिल्लालाई साबिकको सडक भन्दा आधा दुरी छोटो हुने धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडक योजना (द्रुतमार्ग) मा एक अर्ब बजेटका लागि अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेपछि स्थानीयमा खुसीयाली छाएको छ ।

A teacher died after falling from a tree in Bajura

बाजुरामा रुखबाट लडेर शिक्षिकाको मृत्यु

अर्जुन शाह

घाँस काट्ने क्रममा रुखबाट खसेर बाजुरामा एक शिक्षिकाको मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको बिहीबार बिहान घर नजिकै डालेघाँस काट्ने क्रममा हाँगा भाँचिएपछि घटनास्थलमै मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम बाट थप

Letter from house to house to collect tax arrears

करको बक्यौता उठाउन घरघरमा पत्र

आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो ।

Ruppandehi Super League 'A' Division matches have started

रूपन्देही सुपर लिगको ‘ए’ डिभिजनका खेल सुरु

नेपाल सुपर लिगका कारण स्थगित रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत ‘ए’ डिभिजनका खेल शनिबारदेखि भैरहवामा सुरु भएका छन् ।

Police win second Memorial Cup football tournament

दोस्रो स्मृतिकप फुटबल प्रतियोगितामा पुलिसको जित

दोस्रो स्मृति कप फुटबल प्रतियोगिता जिल्ला प्रहरी कार्यालय बागलुङले जितेको छ । शनिबार बागलुङस्थित बाङ्गेचौर मैदानमा आयोजित फाइनलमा संकल्प पुनःस्थापना केन्द्रलाई टाइब्रेकरमा ५/३ गोलले हराउँदै पुलिसले उपाधि उचालेको हो ।

Eastern Veterans Club gets off to a winning start

पूर्वेली भेट्रान क्लबको विजयी सुरुवात

पूर्वेली भेट्रान क्लब झापाले पाँचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

Jumla's Rammaya wins Hong Kong Ultra Marathon title

जुम्लाकी राममायालाई हङकङ अल्ट्रा म्याराथनको उपाधि 

जुम्लाकी राममाया बुढाले एक सय किलोमिटर हङकङ अल्ट्रा म्याराथनको ५० किलोमिटर दौडमा उपाधि जितेकी छन् । हङकङ म्याराथनको अहिलेसम्मको रेकर्ड तोड्दै उनले म्याराथनको उपाधि जितेकी हुन् । 

'Actor' in triangular love story

त्रिकोणात्मक प्रेमकथामा 'एक्टर’

फिल्म ‘एक्टर’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । माघ १६ देखि प्रदर्शनमा आउन लागेको राजन भुसाल निर्देशित उक्त फिल्मको ट्रेलरले प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझीबीचको त्रिकोणात्मक प्रेमकथा दर्शाएको छ ।

Saif Ali Khan's health gradually improved, he started walking normally

सैफ अली खानको स्वास्थ्यमा क्रमिक सुधार, सामान्य हिँडडुल गर्न थाले

बलिउड अभिनेता सैफ अली खानको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । बिहीबार बिहानै चक्कु प्रहारबाट घाइते भएका सैफको स्वास्थ्य अवस्थामा सुधार आएको मुम्बईस्थित लीलावती अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर नितिन डांगीका अनुसार सैफको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

Director David Lynch dies

निर्देशक डेभिड लिन्चको निधन

अमेरिकन फिल्मलाई ‘डार्क सरियलिस्टिक’ विधासँग जोडिदिने निर्देशक डेभिड लिन्चको निधन भएको छ । ‘ब्लु भेल्भेट’, ‘ट्विन पिक्स’, ‘मुलहोलन्ड ड्राइभ’जस्ता फिल्म निर्देशन गरेका लिन्चको ७८ वर्षको उमेरमा निधन भएको परिवार स्रोतले फेसबुकमार्फत जानकारी गराएका हुन् । 

Saif Ali Khan's condition 'out of danger', knife cut from hip bone

सैफ अली खानको अवस्था 'खतरामुक्त', कम्मरको हड्डीबाट निकालियो चक्कुको टुक्रा

बलिउड अभिनेता सैफ अली खान खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । सैफलाई बिहीबार सबेरै मुम्बईको बान्द्रास्थित घरमै घुसेर अज्ञात व्यक्तिले चक्कु हानेका थिए ।

The issue of Nepal's climate change was raised in the British Parliament

बेलायती संसद्‍मा उठ्यो नेपालको जलवायु परिवर्तनसम्बन्धी मुद्दा 

बेलायती संसद् हाउस अफ कमन्समा नेपालको जलवायु परिवर्तन असरसम्बन्धी विषय उठान भएको छ । सत्तारुढ लेबर पार्टीकी सांसद एलेक्स बेकरले मंगलबार संसद्‍मा उक्त मुद्दा उठाएकी हुन् । 

Israel and Hamas agree to cease-fire, ending 15-month war

इजरायल र हमासबीच युद्धविराम सहमति, १५ महिना लामो युद्ध अन्त्य हुँदै

इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविरामको सहमति भएको छ । दुई पक्षबीचको मध्यस्थकर्ताहरू कतार र अमेरिकाका अनुसार हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्तसहित युद्धविरामको सहमति भएको हो । 

Kindergarten life is fun and opportunity

बालगृहको जीवन रमाइलो र अवसर

कालीकोटको दुर्गम गाउँमा जन्मेकी जेनीकुमारी शाह (२३) साढे ६ वर्षको हुँदा बालगृहमा आइपुगेकी थिइन् । त्यतिबेला उनी कक्षा ३ मा पढ्दै थिइन् । भिनाजुहरूले काठमाडौं जाने भनेपछि उनी मक्ख परेकी थिइन् । त्यतिबेला उनले काठमाडौंको नाम मात्र सुनेकी थिइन् ।

'Dry riser' for fire control in urban areas

सहरी क्षेत्रमा आगलागी नियन्त्रणका लागि ‘ड्राइ राइजर’

काठमाडौँ महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरू गरेको छ । महानगरको विपद् व्यवस्थापन विभागले यस कार्यलाई तीव्ररूपमा अगाडि बढाएको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरूले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेको छ । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.