Twitter | 搜索 | |
K P Sharma Oli
Prime Minister of Nepal :: President of NCP
1,264
推文
64
正在关注
389,593
关注者
推文
K P Sharma Oli 5月30日
राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु । लैङ्गिक विभेदको अन्त्यः समृद्ध नेपालको गन्तब्यका रुपमा २०७६ लाई नतिजामुखी ‘लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष’ बनाऔं ।
Reply Retweet 喜欢
K P Sharma Oli 5月29日
गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। साथै, गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात/अज्ञात शहीदहरूप्रति आदरका साथ श्रद्धार्पण गर्न चाहन्छु।
Reply Retweet 喜欢
K P Sharma Oli 5月24日
回复 @kpsharmaoli
परिवार*
Reply Retweet 喜欢
K P Sharma Oli 5月24日
पूर्व प्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक अध्यक्ष नयनबहादुर खत्रीको निधनको खबरले मलाई अत्यन्तै दुःख लागेको छ । दिवंगत खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त पिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
Reply Retweet 喜欢
K P Sharma Oli 5月23日
I just made a telephone call to congratulate Prime Minister of India Shri ji on lanslide victory of NDA in the Lok Sabha Elections 2019. Modi ji and I exchanged views on further strengthening Nepal-India ties.
Reply Retweet 喜欢
K P Sharma Oli 5月23日
I extend warmest congratulations to Prime Minister ji for landslide election victory in the Lok Sabha Elections 2019. I wish all success ahead. I look forward to working closely with you.
Reply Retweet 喜欢
K P Sharma Oli 5月20日
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार हरेक नागरिकका लागि सूचना प्रविधिमा पहुँच सुनिश्चित गर्नु नै हो।आज २१७९ किमि अप्टिकल फाइबर बिछ्याउने कार्यारम्भ गर्दैछौं। सबैको सहयोग र तत्परतामा यो परियोजनालाई समयमै सम्पन्न गर्न सक्नेछौं भन्नेमा म विश्वस्त छु।
Reply Retweet 喜欢
K P Sharma Oli 5月18日
२५६३ औं बुद्धजयन्तीका अवसरमा हार्दिक मङ्गलमय शुभकामना ! शान्ति र सद्भावका अग्रदृष्टा गौतम बुद्धको दार्शनिक अभिप्रेरणाले सबैको जीवन प्रेममय, करुणामय, शील र सद्भवयुक्त रहोस् ।
Reply Retweet 喜欢
K P Sharma Oli 5月17日
जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २६ औं स्मृति दिवसका अवसरमा उहाँहरुप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । सार्थक लोकतन्त्र, समतामूलक समाज निर्माण र समृद्धिको यात्रालाई गन्तव्यमा पुर्याएर श्रद्धेय जननेताको स्मृतिलाई सार्थक बनाऔं ।
Reply Retweet 喜欢
K P Sharma Oli 5月15日
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ५५ औं स्थापना दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अध्ययनलाई जीविका, परोपकार र देश निर्माणसँग गाँस्दै नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा सार्थक योगदान गर्न विद्यार्थी समुदायमा हार्दिक आव्हान गर्दछु ।
Reply Retweet 喜欢
K P Sharma Oli 5月15日
युवा संघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । देशको युवा जनशक्तिलाई रचनात्मक र सिर्जनात्मक ऊर्जामा रुपान्तरण गर्दै नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा सार्थक योगदान गर्न आव्हान गर्दछु ।
Reply Retweet 喜欢
K P Sharma Oli 5月13日
वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई शतवार्षिक जन्मोत्सवका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। उहाँको सुस्वास्थ्य, दीर्घ जीवन र आरोग्यको कामना गर्दछु ।
Reply Retweet 喜欢
K P Sharma Oli 5月9日
परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्न आवश्यक छ । यही ध्येयका साथ दक्षिण पूर्वी एसियाका भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा निस्किएको छु । आउँदो जेठ १गते बुधवार फर्कने छु ।
Reply Retweet 喜欢
K P Sharma Oli 5月7日
चौथो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मी साथीहरुमा पेशागत उन्नति र कार्यसन्तुष्टिका लागि हार्दिक शुभकामना!यस दिवसले सम्पूर्ण सञ्चारकर्मी/उद्यमीलाई सामाजिक उत्तरदायित्व वहन गर्दै संविधान प्रदत्त अधिकार उपभोग गर्न थप प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु।
Reply Retweet 喜欢
K P Sharma Oli 5月3日
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आम नागरिक तथा सञ्चारकर्मी साथीहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु। संवैधानिक,कानुनी र व्यवहारिक रुपमै सुरक्षित नेपाली प्रेसलाई स्वच्छ,व्यावसायिक र सिर्जनशील बनाएर यसले अझ मर्यादित/प्रतिष्ठित स्थान प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
Reply Retweet 喜欢
K P Sharma Oli 5月1日
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीवहिनी एवं दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । असल श्रम सम्बन्ध विकासका लागि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा लागू गरेका छौं । स्वदेशमै आत्मसम्मानपूर्ण श्रमको अवसर सिर्जना गर्न सरकार क्रियाशील छ ।
Reply Retweet 喜欢
K P Sharma Oli 4月26日
नेपालको वामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व,पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको आज बीसौं स्मृति दिवस। यस अवसरमा श्रद्धेय मनमोहन अधिकारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु। नेपाली कम्युनिस्ट आन्दोलनलाई अझ एकतावद्ध बनाउँदै उहाँका सपना साकार पार्न अग्रसर होऔं ।
Reply Retweet 喜欢
K P Sharma Oli 4月25日
चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठः सिकाएको छ–सयौं वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षाै लाग्छ। हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अवको एक वर्षमा पूर्णतामा पुर्याउँछौं ।
Reply Retweet 喜欢
K P Sharma Oli 4月24日
回复 @kpsharmaoli
उत्सर्ग*
Reply Retweet 喜欢
K P Sharma Oli 4月24日
लोकतान्त्रिक जनआन्दोलनमा जीवन उत्कर्ष गर्नुहुने शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । लोकतन्त्रलाई संवैधानिक संस्थाकरण गरेपछि हामी समृद्ध नेपाल निर्माणको यात्रामा छौं । न्याय सहितको आर्थिक सामाजिक रुपान्तरण गरी समग्र लोकतन्त्रलाई मजबुत बनाउन एकजुट हुन आव्हान गर्दछु ।
Reply Retweet 喜欢