संसदमा स्वतन्त्र हैसियत भएपनि राजनीतिक दलकै उम्मेद्वारका रूपमा विजयी भएकाले लिङ्देन वा त्यस्तै अन्य स्वतन्त्र सांसदले पार्टी छोड्ने भने पाउने छैनन्। राजनीतिक दलसम्बन्धी ऐनको ‘दल त्याग’ सम्बन्धी परिच्छेदको दफा ३१ मा कुनै दलको रूपमा निर्वाचित भएर पार्टी परिवर्तन गर्दा वा छाड्दा छाड्दा स्वत: पद रिक्त हुने व्यवस्था छ। यस्तोमा लिङ्देनले पार्टी छाडेर अन्य कुनै दल रोज्दा उनको सांसद पद गुम्नेछ। विस्तृतमा


















