BBC News, नेपाली - होमपेज
मुख्य समाचार
राजावादीलाई आन्दोलन 'अप्ठेरोमा पर्ने डर', 'ज्ञानेन्द्र शाहको अगुवाइको खोजी'
राजसंस्था पुनर्स्थापनाको निम्ति भन्दै गर्न लागिएको आन्दोलनका अगुवाहरूलाई एक ठाउँमा ल्याउन पूर्व राजा ज्ञानेन्द्र शाहले अग्रसरता लिनुपर्ने कतिपयको आग्रह छ। तर ‘समाधानको सूत्र’ के?
राजावादीको सक्रियता बढेपछि कांग्रेस, एमाले र माओवादी मिलेर 'गणतान्त्रिक मोर्चा' बनाउन लागेका हुन्?
संसद्को सबैभन्दा ठूलो तथा सत्ताधारी दल नेपाली कांग्रेसको एउटा शुभेच्छुक संस्थाले सातवटै प्रदेशमा अन्तरक्रिया गरी तयार पारेको प्रतिवेदनमा नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्ने सुझाव दिइएको छ।
भूकम्पको पूर्वानुमान किन प्रायः मिल्दैन, वैज्ञानिकहरू किन गर्न खोज्दैनन्
वैज्ञानिकहरूलाई भूकम्प किन जान्छ भन्ने थाहा छ। तर उनीहरू भूकम्प कहाँ र कहिले जान्छ भन्ने अवस्थामा किन अझै नपुगिएको बताउँछन्?
क्यानडामा निर्वाचन अभियान सुरु, ट्रम्पका कारण उत्पन्न तरङ्गले कस्तो प्रभाव पर्ला
क्यानडामा ३६ दिनको चुनावी अभियानपछि मतदान हुने छ तर त्यसबाट प्राप्त निर्णयले देशको राजनीति र अर्थतन्त्रमा ठूलो फरक पर्ने छ।
भिडिओ, परिवारले ऋण लिएर 'शव गाडेका' व्यक्ति जब जीवितै घर फर्के..., समयावधि 1,20
कामको खोजीमा इरान पुगेका हयातुल्लाह फेरि किन अफगानिस्तान फर्के अनि सरकारी अधिकारीहरूले किन उनको परिवारलाई उनको मृत्यु भएको खबरसँगै एउटा शव पनि दिए? हेर्नुहोस् यो भिडिओ।
इजरेलद्वारा लेबननमा हवाई हमला, गाजामा वरिष्ठ हमास नेता मारिए
शनिवार भएको आक्रमण लेबननको सेनाले सामना गर्ने चुनौतीको थप प्रमाण बनेको छ। उसले परम्परागत रूपमा हिजबुल्लाहको बलियो उपस्थिति र समर्थन रहेको दक्षिणी क्षेत्रहरूमा नियन्त्रण कायम गर्ने प्रयासमा कठिनाइ भोगिरहेको यसले पनि देखाउँछ।
भ्लादिमिर पुटिनको रुसले किन युक्रेन अतिक्रमण गर्यो?
रुसले केही दिनमै युक्रेनको पश्चिमा पक्षधर सरकार ढलाउने आशा गरेको थियो तर त्यसमा विफल भयो। झन्डै तीन वर्षपछि दुई देशबीचको युद्धको पछिल्लो अवस्था के छ?
अनि यो पनि
डीजल र पेट्रोल जस्तै हाइड्रोजनबाट गाडी चलाउन दिने कानुन बन्दै
लामो प्रतीक्षापछि नेपालका प्रधानमन्त्रीहरूबाटै बारम्बार चर्चा भएको हाइड्रोजन इन्धनबाट चल्ने सवारी साधनलाई आयात र दर्ता गर्न अनुमति दिने कानुनको मस्यौदा अहिले तयार भएको छ
लामो समय अन्तरिक्षमा बस्दा मान्छेको शरीरमा के हुन्छ
सुनीता विलिअम्स र बुच विल्मोर नौ महिना लामो अनपेक्षित अन्तरिक्षवासबाट पृथ्वी फर्किएका छन्। तर उनीहरूको शरीरमा कस्तो प्रभाव परेको छ?
गोरखनाथ र गोरखकालीको पूजाअर्चनामार्फत् ज्ञानेन्द्र शाहले दिन खोजेको राजनीतिक सन्देश
गणतन्त्र स्थापना भएपछि पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार गोरखा दरबार पुगेर आफ्ना इष्टदेवता गोरखनाथ र गोरखालीको पूजाअर्चना गर्दै छन्। यसको कस्तो राजनीतिक र सांस्कृतिक अर्थ छ?
नेपाल 'ऋणको पासो'मा फस्ने चिन्ता, अहिले प्रत्येक नागरिकको थाप्लोमा रु ९१ हजार ऋण
अर्थ मन्त्रालयको ऋण व्यवस्थापन कार्यालयका अनुसार हाल नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको छ। नेपालले कसलाई कति ऋण तिर्न बाँकी छ?
भिडिओ, साथीको शव कहिले सुमसुम्याउँदै, कहिले उठाउन खोज्दै पोथी हात्ती, समयावधि 0,59
लामो समय सँगसँगै रहेका दुई पोथी हात्तीमध्ये एकको मृत्यु भएपछि अर्की शोकमा परेको र घण्टौँ शवनजिकै बसेको देखिएको छ।

































