(यो पृष्ठले सी.एस.एस. स्टाइल सिट प्रयोग गर्दछ|)
— ज्याकोब नीएलसेन
Home: traveldoozie.com
English Version: http://www.w3.org/Style/Overview.html
Thank You: cheaptickets coupon code, jetblue coupon code, att uverse coupon code
यो डब्लू.३.सी सक्कल दस्तावेजको अनुवाद हो र डब्लू.३.सी को सम्पत्ति हो| यस दस्तावेजलाई अनुवाद गर्दा गल्ती भएको हुन पनि सक्छ|
सी.एस्.एस. र एक्स.एस.एल. को "नयाँ के छ?" भन्ने खण्ड हेर्नुहोस् |
स्टाइल सिटले दस्तावेजहरू स्क्रीनमा, प्रिन्टमा कसरी प्रस्तुत गरिन्छन्, अथवा शायद तिनीहरू कसरी उच्चारण गरिन्छन् भनेर बर्णन गर्दछन् | सन् १९९४ मा कन्सोर्टियम स्थापना भए देखि नै डब्लू.३.सी. ले वेबमा स्टाइल सिट को प्रयोगको सकृय रूपमा प्रोत्साहन गरेको छ | यो स्टाइल गतिविधि ले विभिन्न डब्लू.३.सी. सिफारिशहरू (सी.एस.एस.१, सी.एस.एस.२, एक्सपाथ, एक्स.एस.एल.टी) उत्पादन गरेको छ | खास गरी सी. एस. एस ब्राउजर हरुमा ब्यापक रुपमा प्रयोग गरिएको छ |
वेब (जस्तै एच.टी.एम.एल) मा संरचित दस्तावेजहरुमा स्टाइल सिट नत्थी गरेर, लेखक र पाठकहरुले साधन-स्वतंत्रताको त्याग बिना वा नजोडेरै दस्तावेजहरुको प्रस्तुतिकरणलाई प्रभावकारी बनाउन सक्छन् |
स्टाइल सिट को प्रयोग सुरू गर्ने सबभन्दा सजिलो उपाय एउटा सी.एस.एस. समर्थन गर्ने ब्राउजर पत्ता लगाउने हो | स्टाइल सिटका बारेमा छलफल [email protected] ईमेल सूचिमा र comp.infosystems.www.authoring.stylesheets मा गरिन्छ |
डब्लू.३.सी स्टाइल एक्टिभीटी ले एक्स.सी.एल. पनि विकास गर्दैछ, जसमा एक्स.एस.एल.टी. र 'फरम्याटीङ वस्तुहरू" (एक्स.एस.एल.-एफ.ओ) को संयोग सामेल छ |
कुन छान्ने भनेर सोच्दै हुनुहुन्छ? "सी.एस.एस. र एक्स.एस.एल." पढ्नुहोस्|
यो तथ्यले केही भ्रम गराएको हुनसक्छ की डब्लू.३.सी ले सी.एस.एस. को अतिरिक्त एक्स.एस.एल. विकासित गरेको छ | जब लागू गर्ने व्यक्तिहरुले पहिलो स्टाइल सिट भाषा नै पूरा गरेका छैनन् भने किन दोश्रो विकास गरिदै छ? यसको जवाफ तलको तालिकामा पाउन सकिन्छ |
| सी. एस. एस. | एक्स.एस.एल. | |
|---|---|---|
| एच.टी.एम.एल. सँग प्रयोग गर्न सकिन्छ? | सकिन्छ | सकिँदैन |
| एक्स.एम.एल. सँग प्रयोग गर्न सकिन्छ? | सकिन्छ | सकिन्छ |
| भाषा रूपान्तरण ? | सकिँदैन | सकिन्छ |
| सिन्टेक्स | सी.एस.एस. | एक्स.एम.एल. |
सी.एस.एस. को अनुपम विशेषता भनेको यसलाई एच.टी.एम.एल. र एक्स.एम.एल. दस्तावेजहरूको शैली तयार गर्न प्रयोग गर्न सकिन्छ | अर्कोतर्फ, एक्स. एस. एल. ले दस्तावेजहरूलाई रुपान्तरण गर्न सक्छ | उदाहरणको लागी, एक्स.एस. एल. लाई वेब सर्भरमा एक्स.एम.एल. डाटालाई एच.टी.एम.एल./सी.एस.एस. दस्तावेजमा रूपान्तरण गर्न प्रयोग गर्न सकिन्छ | यस प्रकार, यी दुई भाषाहरु एक अर्काको समपूरक हुन्छन् र सँगसँगै प्रयोग गर्न सकिन्छ |
दुवै भाषाहरुको प्रयोग एक्स.एम.एल. दस्तावेजहरुको शैलीवद्ध गर्नको लागी गरिन्छ |
सी.एस.एस. र एक्स.एस.एल. ले एकै प्रकारको अन्तर्निहित फरम्याटीङ नमुना प्रयोग गर्दछन्, त्यसैले डिजाइनकर्ताहरुले दुवै भाषामा एकै फरम्याटीङ विशेषताहरू प्राप्त गर्दाछन् | फरम्याटीङ नमूनामा अन्तर-परिचालन कार्यान्वयन सुनिश्चित रुपमा गराउन डब्लू.३.सी ले कडा मेहनत गर्ने छ |
एक्स.एस.एल. र सी.एस.एस. को एक साथमा प्रयोग गर्ने बारेमा डब्लू.३.सी को एक टिप्पणी उपलव्ध छ |
यदि तपाईंको लागी यो विषय नयाँ हो भने स्टाइल सिटको वारेमा केही प्रेस क्लिपहरू पढेर शुरुआत गर्न सक्नुहुन्छ |
अरू धेरै (र धेरै नयाँ) लेखहरुको लागी सी. एस. एस र एक्स. सी.एल. पृष्ठहरू हेर्नुहोस् |
यस पृष्ठको तल भएका बटनहरुको बारेमा जानकारी बटन पृष्ठ र सी.एस.एस. भ्यालीडेटर मा छ |
क्यासकेडिंङ स्टाइल सिट (सी.एस.एस.) एउटा यस्तो स्टाइल सिट प्रणाली हो जसलाई विशेषरूपमा वेब डीजाइनकर्ता र उपयोगकर्ताहरुको आवश्यकताहरू पूर्ति गर्न को लागी विकसति गरिएको छ |
एक्सटेंसीबल स्टाइल ल्याङ्गुएज (एस्क.एस.एल.) विकास गर्नको लागी डब्लू.३.एस. मा एक कार्यदल छ | एक्स.एस.एल. लाई डी.एस.एस.एस.एल. र सी.एस.एस. मा बनाइएको छ, र मुख्यतया उच्च संरचनाको एक्स.एम.एल. डाटा प्रति लक्षित छ, जस्तै: प्रस्तुतीकरण अगाडी एलिमेन्ट रिअडरिङ आवश्यक हुन्छ | एक्स.एस.एल. को वारेमा अन्य जानकारीको लागी डब्ल्यू.३.सी. एक्स.एस.एल. स्रोत पृष्ठ हेर्नुहोस् |
डी.एस.एस.एस.एल. एक दस्तावेज शाखा रुपान्तरण तथा स्टाइल भाषा हो जसमा एस.जि.एम.एल. समुदायका धेरै अनुयायी छन् | वेबमा डी.एस.एस.एस.एल. साधनहरू:
कुनै सी.एस.एस. फायल "हात ले" बनाउन र सम्पादित गर्न सकिन्छ, जस्तै कुनै पाठ सम्पादक द्वारा, तर तपाईं इ.सी.एम.ए.स्क्रिप्ट , जाभा वा अन्य कुनै भाषामा प्रोग्राम पनि लेख्न सक्नुहुन्छ जसले स्टाइल सिटमा हेर-फेर गर्छ. वास्तवमा यो यति सामान्य छ की उपयोगी कामहरु भएका सफ्टवेयरहरुको पुस्तकालय उपलव्ध छ | यस्ता प्रोग्राम र पुस्तकालयहरुलाई विविध कम्प्यूटर प्लेटफ़र्ममा उपलब्ध गराउन मद्दत गर्नको लागी डबल्यू.३.सी ले सी.एस.एस.-डी.ओ.एम. को नाममा एक विशेष-वर्णन बनाएको छ जसले यस्ता सबै पुस्तकालयहरुले कुन सेटका कामहरू आवश्यकरूपमा उपलब्ध गराउनु जरूरी छ भनेर परिभाषित गर्दछ|
कुनै प्रोग्रामको भित्र नै सी.एस.एस. मा हेर-फेर (र एक हदसम्म अन्य स्टाइल भाषाहरुमा पनि) गर्नको लागी सी.एस.एस. डक्यूमेंट अब्जेक्ट मोडल एक ए.पी.आई. (एब्सट्रैक्ट प्रोग्रामिंग इंटरफ़ेस) हो | ए.पी.आई. कुनै सफ़्टवेयर पुस्तकालयको बिशेष-बर्णन हुन्छ | तपाईं यसलाई एक नियम पुस्तिकाको रूपमा देख्न सक्नुहुन्छ: यसले कार्य र तिनका पारामिटरहरुको वर्णन गर्दछ, तर यसमा वास्तवमा कुनै कोड हुँदैन् |
फरक प्लेटफ़र्महरुको लागी विभिन्न सी.एस.एस.-डी.ओ.एम. पुस्तकालयहरू उपलब्ध छन् | यिनीहरू मध्ये धेरै निशुल्क छन् | ई.सी.एम.ए.स्क्रिप्ट प्रोग्रामहरुको प्रयोगको लागी धेरै ब्राउजरहरुमा सी.एस.एस.-डी.ओ.एम. पुस्तकालयहरू अंतरर्निर्मित हुन्छन् |
एस.ए.सी. (सिम्पल ए.पी.आई. फर सी.एस.एस.), सी.एस.एस.-डी.ओ.एम.को परिपूरक हो | सी.एस.एस.-डी.ओ.एम. त्यस्ता फंक्शनहरू हुन्छन् जसले कुनै स्टाइल सीट लाई मेमोरी मा लोड भएपछि हेर-फेर गर्न सक्दछ; एस.ए.सी. द्वारा परिभाषित फंक्शनहरुले कुनै स्टाइल सीटको पद-व्याख्या गर्न मद्दत गर्दछन्, जस्तो कि कुनै स्टाइल सीट को फाइलबाट मेमोरीमा हस्तान्तरित गर्नु |
सी.एस.एस.-डोम डब्ल्यू.३.सी. द्वारा प्रशंसित छ | एस.ए.सी. एक विकसित हुदै गरेको परियोजना हो | केही सफ्टवेयर (ब्राउजर भन्दा बाहेक) सी.एस.एस. समीक्षा पृष्ठमा सूचीबद्ध छन् |
यो पनि हेर्नुहोस्:
डब्ल्यू.३.सी दल र डब्ल्यू.३. सी. का सदस्यहरुका प्रतिनिधिहरू धेरैजसो प्रस्तुतीकरणहरू दिन्छन् |
डाइनामिक एच.टी.एम.एल. एक शब्द हो जसको प्रयोग गतिशील सामग्रीयुक्त पृष्ठहरुको वर्णन गर्नको लागी प्रयोग गरिन्छ | डाइनामिक एच.टी.एम.एल. का तिन भागहरू मध्ये एक सी.एस.एस. हो र अन्य दुई हुन्: एच.टी.एम.एल. स्वयं र जाभास्क्रिप्ट (जसलाइ एक्मास्क्रिप्ट को नामले मानकीकृत गरिँदै छ |) यी तिन भागहरूलाई डी.ओ.एम. डक्यूमेंट अब्जेक्ट मोडलद्वारा जोडिएको हुन्छ |